मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीका मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। से ६ प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोमबार बिहान ६ः३० बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी जोशीको ६ः५० बजे सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

मोटरसाइकल र मोटरसाइकल चालक धनगढी २ का २१ वर्षीय गोविन्द सुनार अहिले प्रहरी नियन्त्रणमा रहेको बस्नेतले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस