३८ वर्ष वर्षे खेलाडीले गरे ला लिगा फुटबलमा पहिलो ह्याट्रिक

एजेन्सी । स्पेनिस ला लिगामा ३८ वर्ष १४० दिनको उमेरमा एक खेलाडीले आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका छन् । रियल बेटिसका कप्तान सान्चेज रोड्रिग्वेजले ह्याट्रिक गरे । यससँगै ला लिगाको इतिहासमा उनी सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

आइतबार राति भएको खेलमा रियल बेटिसले एथलेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको खलेमा उनले ह्याट्रिक गरेका हुन् । उनले खेलको सुरुवाती २० मिनेट भित्रै ह्याट्रिक गरेका थिए । ।ला लिगामा रोड्रिग्वेज ५३३ खेल खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरे । उनले २० औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

एथ्लेटिको बिल्बाओका लागि ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा इनाकी विलियम्स र ७५ औँ मिनेटमा युरी बेर्चिचे इजेताले गोल गरेका हुन् ।

ला लिगा अन्तर्गत आइतबार राति भएका अरु खेलमा गेटाफेले एइबरलाई १–० तथा लेगानेसले सेल्टा डी भिगोलाई ३–२ ले पराजित गरेको छ । यस्तै रियल सोसिडाड र रियल भालाडोलिडले गोलरहित तथा ओसासुना र सेभिल्लाले १–१ को बराबरी खेलेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस