सागको सातौं दिन आज १८ खेल हुँदै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

फुटबल :

पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ ।

यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे पछि हुनेछ ।

महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ ।

क्रिकेट :

पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।

महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।

सुटिङ :
सुटिङतर्फ शनिबार दुई खेल रहेको छ । सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ । शनिबार र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको …

प्रतिकृया दिनुहॊस