निमोनिया किन हुन्छ ? यस्ता छन् बच्ने उपाय

काठमाडाैँ । निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ ।

यसमा बालबालिका नै बढी पीडित हुन्छन् । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ ।

-चिसोमा बढी सम्भावना चिसोमा भाइरसका कृयाकलाप बढ्ने हुनाले

-हावामा आद्र्रता कम भएर, हाँछ्यु र खोक्दा निस्केका थोपाहरु हावामा नै रहने हुनाले

-बन्द कोठामा चिसोमा एक अर्काको नजिक रहने हुनाले

लक्षण

-छिटोछिटो स्वास फेर्ने

-सास फेर्दा कोखा हान्ने

-दुध चुस्न नमान्ने

-छाती घ्यार घ्यार गर्ने

-नीलो हुने

-ज्वरो आउने

-रुघाखोकी लाग्ने

उपचार

-बाफ लिन लगाउने

-ज्वरो र खोकीको औषधी दिने

-झोलिलो खानेकुरा खुवाउने

-पानी प्रशस्त खुवाउने

-बालबालिकाहरुलाई निमोनियाबाट बचाउन यी तरिका अपनाउन सकिन्छ ।

-पोषक तत्वहरुको भरपुर सेवन गराउने

-तालीका अनुसार खोप लगाउने

-संक्रमीत व्यक्तिहरु बाट बच्चालाई टाढा राख्ने

-रुघाखोकी र धुवाँ धुलोबाट बचाउने

-बच्चाहरुलाई खेल खेलाईसकेपछि राम्रोसँग हात धोइदिने

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस