सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्री

काठमाडौं । सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री भएको छ। बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्।

बैंकले गत कात्तिक २० गतेदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो।  ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन मिल्ने वयवस्था मिलाइएको थियो । जसमा १ हजार ६ सय सर्वसाधारण आवेदकले ४ लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए।
प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो।  बैंकले १०.२५ प्रतिशत ब्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस