१३औँ साग : ५ हजार मिटर दाैडमा गाेपीले दिलाए नेपाललाई स्वर्ण

काठमाण्डाै । नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जिते ।

जारी सागमा नेपालले एथ्लेटिक्समा दाेस्राे स्वर्ण जितेकाे हाे । यसअघि सन्ताेषी श्रेष्ठले महिला १० हजार मिटर दाैडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । याेसँगै जारी सागमा नेपालले स्वर्ण पदककाे संख्या ३७ पुर्‍याएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस