फ्राइडे रिलिजमा ‘माछा माछा’ र ‘माया पिरिम’

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ एक साथ प्रदर्शनमा आएका हुन् ।

अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङले निर्माण गरेको चलचित्र ‘माछा माछा’लाई डेब्यू निर्देशक सुनिल गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सौगात मल्ल, विजय बराल, प्रवीण खतिवडा, नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् ।

चलचित्र ‘माया पिरिम’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । कमेडी र एक्सनलाई पनि समेटिएको चलचित्रमा  कोसिस क्षेत्री र अभिनेत्री किरण चन्दसँगै विशाल पहारी, कालु राना, जयनन्द लामा लगायत कलाकारको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस