ग्लोबल आईएमई र जनता बैंक मर्जर भएपछि एकीकृत कारोबार आजदेखि

काठमाण्डौ । ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भएपछि शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ । शुक्रबार बिहान विशेष कार्यक्रमका साथ एकीकृत कारोबार सुरु गर्न लागिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलोपटक दुई वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार सुरु हुन लागेको हो ।

ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्ज गराएको हो । मर्ज हुँदा ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस