निमाले उसुमा जितिन् स्वर्ण

काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुदमा निमा घर्तीमगरले उसुको नानछ्वान अलराउन्डमा स्वर्ण जितेकी छिन् ।

निमाले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । उनले पहिलो राउन्डमा ९.१३ र दोस्रो राउन्डमा ९.६० अंक ल्याएकी हुन् । निमापछि बंगलादेशकी मोरजिना अख्तर र श्रीलंकाकी सन्जु कुमारीले क्रमशः रजत र कास्य पदक जितेका छन् ।

उसुमा निमाले यसअघि पनि स्वर्ण पदक जितेकी थिइन् । नेपालका लागि लगातार दुई सागमा स्वर्ण जित्नु यो रेकर्ड हो । यसअघिको सागमा पनि निमाले नेपालका लागि स्वर्ण दिलाएकी थिइन् । त्यति बेला नेपालले ३ स्वर्णमात्र जितेको थियो ।

यसपटक चाहिँ निमाको यो स्वर्णसँगै नेपालले ३० स्वर्ण जितिसकेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस