नेयमार र एम्बाप्पेको गोलले पीएसजीको जीत

काठमाडौं । नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा मार्सेलीलाई हराएको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलीलाई २-१ गोल अन्तरले हराएको हो ।

चोट मुक्त हुँदै मैदान फर्किएका नेयमारले पीएसजीकालागि पहिलो गोल गरे । एमबाप्पेले आकर्षक ब्याकहिल गोल गर्दै पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । एन्जल डी मारियाको पासमा उनले गोल गरेका हुन् ।

खेल सकिन ५ मिनेट बाँकी छँदा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए । जितपछि पीएसजीले १५ खेलबाट ३६ अंक सहित तालिकामा अग्रतालाई कायम गर्यो । मार्सेली ३१ अंक सहित दोस्रो स्थानमा रह्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस