आर्थिक वर्षको ४ महिनाको तथ्याङ्क : निजी क्षेत्रको लगानी वृद्धिदर घट्यो, ४ प्रतिशत मात्रै वृद्धि

काठमाडाैँ । गत वर्ष १६ प्रतिशतले वृद्धि भएको निजी क्षेत्रको लगानी विस्तार यो वर्ष भने घटेको छ। चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार निजी क्षेत्रबाट हुने लगानी ४ दशमलव २ प्रतिशतले मात्रै बढेको हो। गत वर्षको यही अवधिमा यस्तो लगानी वृद्धिदर ७ दशमलव २ प्रतिशत थियो।

चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले मात्रै बढेको छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार २०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको लगानी अर्थात् कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.८ प्रतिशत, पर्चेज कर्जा ०.४ प्रतिशत र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.२ प्रतिशतले घटेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस