‘राष्ट्रपति ट्रम्पले महाअभियोग अनुसन्धानमा अवरोध पुर्‍याए’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचन आफ्नो पक्षमा पार्न पदीय दुरुपयोग गरेको आरोप लगाइएको छ । महाअभियोग छानबिनको नेतृत्व लिने प्यानलले राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको पर्याप्त प्रमाण फेला परेको दावी गरेको छ ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि राष्ट्रिय सुरक्षालाई कमजोर बनाएर युक्रेनबाट विदेशी हस्तक्षेपका लागि धेरै प्रयास गरेको आरोप लगाइएको छ । सांसदरुले ट्रम्पले युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग आफ्नो स्वार्थका लागि गरेको संवादको आधारमा छानविन गरेर प्रतिवेदनसमेत सार्वजनिक गरेका छन् ।

उनले आगामी निर्वाचनमा आफ्नो पक्षमा विदेशी हस्तक्षेप गर्नका लागि ह्वाइट हाउसको शक्ति प्रयोग गरेर एक महिना लामो प्रयास गरेको खुलासा भएको छ । ट्रम्पले युक्रेनप्रति अमेरिकी विदेश नीति कमजोर बनाएर राष्ट्रिय सुरक्षालाई राजनीतिक स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

डेमोक्र्याट्सहरुले ट्रम्पलाई महाअभियोग अनुसन्धानमा अवरोध पुर्‍याउन प्रयास गरेकोसमेत आरोप लगाएका छन् । ट्रम्पले आफ्ना सल्लाहकारमार्फत् आवश्यक कागजपत्र र प्रमाणहरु छानविन समितिलाई उपलब्ध गराउन रोक लगाएको र अधिकारीहरुलाई बयान दिन समेत नदिएको आरोप लागेको छ ।

ट्रम्प अमेरिकी इतिहासमा पहिलो पटक संसदको तल्लो सदनमा महाअभियोगका लागि अनुसन्धान हुने राष्ट्रपति हुन् । तर ट्रम्पले आफूमथि लाग्दै आएका आरोपको खण्डन गरेकी छिन् । उनले सन् २०१६ को चुनावी नतिजा उल्ट्याएर आफूलाई बदनाम गर्न षडयन्त्र भएको प्रतिक्रिया दिएका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस