युनाईटेड इन्स्योरेन्सका ग्राहकले एसआरएल डायग्नो स्टिक्सको सेवा सुविधामा छुट पाउने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कं. (नेपाल)का ग्राहकले एसआरएल डायग्नो स्टिक्स नेपाल प्रा. लि.को सेवा सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंगलबार द्धिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा युनाईटेड इन्स्योरेन्सका का.मु. प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराई र एसआरएल डायग्नो स्टिक्स नेपालका आधिकारिक प्रतिनिधि रविन्द्र रत्न तुलाधरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएसँगै एसआरएल डायग्नो स्टिक्सबाट प्रदान गरिने सुविधाहरु ल्याब टेष्ट परिक्षण गर्दा युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरु तथा कर्मचारीहरु र निजका परिवारका सदस्यहरुले सो मात्राको छुट पाउने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस