राजनीतिमा विद्यार्थीको भवि‍ष्य

विवेक लामा

उमेर हद विवादका कारण केन्द्रीय समिति समेत अन्योलमा रहेको नेपाल विद्यार्थी संघ एउटा प्रजातान्त्रिक पार्टीको भातृ संगठन हो । यस संगठनमा वर्षाै भइसक्दा समेत विधान अनुरुप समयमा महाधिवेशन हुन सकेको छैन । पछिल्लो समय एघारौ महाधिवेशनबाट नैनसिंह महरको नेतृत्वमा निर्वाचित समितिले थपिएको समय सीमा भित्र महाधिवेशन गर्न न सकेका कारण भंग हुनपुग्यो ।

२०२६ सालमा स्थापना भएको नेवि संघमा हालसम्म विधान संम्बत् ११ वटा महाधिवेशन भएका छन, जबकी विधानमा प्रत्येक २ वर्षमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ । पार्टीले ७ सात पटक केन्द्रीय समिति मनोनित गरेको अवस्था छ । नेपाली काँग्रेसको नर्सरी लामो समयसम्म रित्तो रहदाँ समेत विद्यार्थी राजनीति गर्ने युवाको नेतृत्व जिवन भ्रमपूर्ण रहेको छ । विधार्थी राजनीति शुरु गरेका विद्यार्थीहरु भुमिका नपाउँदा र नेतृत्वपंत्तिमा नपुग्दा उनिहरुमा नैराश्यता पैदा भएको छ भने अर्को तर्फ विभिन्न ईकाइमा रही काम गरेका विधार्थी नेताहरुले विकल्प नहुँदा लामो समय क्याम्पस र जिल्ला तहमा सिमित रहेका छन् । यस्ले गर्दा एकतर्फ विद्यार्थीको उर्जाशिल समयमा क्याम्सपमा अल्झिएको छ भने अर्को तर्फ देशले विभिन्न कार्य क्षमता भएका यूवाबाट काम लिन सकेको छैन ।

विधार्थी नेता भइ क्याम्पस तह र जिल्ला तहमा यथावत र पुनः नेतृत्वमा रहने आंकक्षी भएका तथा पार्टीको हस्तक्षेपका कारण विधार्थीहरुको अधिवेशन हुन नसको र क्याम्पसमा अध्ययनरत विधार्थी नेताले स्थान पाउन नसक्ने अवस्था भएका कारण अधिवेशन विवादित हुन पुग्दछ ।

राजनीति दिगो किसिमको सम्भावना नभएपछि आफ्नो भविश्यको खोजी गदै धेरै यूवाशक्ति विदेश पलायन भई रहेका छन । विशेष गरी ठूला शहर केन्द्रीत र ठूला क्याम्पसको हकमा यो समस्या अझै रहेको छ । ठूला क्याम्पसका नेता भने विभिन्न ठेक्कापट्टा तथा दिनभरको समयमा क्याम्पसमा राजनीतिका नाममा समय व्यतित गर्दा निरन्तर क्याम्पसमा अध्ययनरत रही विद्यार्थीहरुको हक अधिकारका लागि भूमिका निर्वाह गर्ने विधार्थी नेताहरुले नेतृत्व पाउनेमा आशंका पैदा भइ रहेको छ ।

यसले गर्दा क्याम्पस अवधिमा आफ्नो राजनीतिक यात्रा तय गरी राजनीति जिवनमा लागेकाहरुको समेत भविश्य अन्यौल हुन्छ । लामो समय क्याम्पसमा व्यत्तित गर्दा त्यसबाट पार्टी, संगठन र देशको लागि कुनै उपलव्धि हुनेवाला छैन । त्यसैले समयक्रम अनुसार सबै यूवाले राजनीतिक यात्रालाई चलायमान बनाउनु पर्दछ । यसतर्फ पार्टी नेतृत्वको भुमिका र जिम्मेवारी वहन गर्नु पर्दछ । यति भनि रहदा यसको प्रमुख कारण नेतृत्वपंत्तिलाई नै जान्छ ।

यूवाहरुलाई परिचालीत गर्न नसक्नु र आफु निकटलाई मात्र स्थान दिने प्रवृत्तिले यूवा जमात आज नैराश्य बन्न पुगेको छ । सबै युवालाई परिचालित गरी पार्टी र देशको वृहत्तर विकासमा परिचालित गर्नु एउटा राजनेताको भुमिका हुन्छ । हामी आज देशमा राजनीति गर्ने नेता पाइ रहेका छौ, तर राजनेता पाउन सकेका छैनाैं । हामीले राजनेताको नाम लिदै गर्दा महामानव विपी कोइरालाको नाम अग्रपंत्तिमा लिन्छौ भने मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टाराई लगायत राजनेताको नाम लिन्छौ । जसले आफुभन्दा माथि देश र पार्टीलाई माथि राखे र नेपाल र नेपालीको हितका पक्षमा काम गरेका थिए ।

यूवा राजनीति गर्ने साथीहरुलाई मेरो एउटा आग्रह हामी के का लागि र कस्का लागि राजनीतिकमा लागको छौ ? व्यक्तिगत स्वार्थका लागि हो ? वा समाज र राष्टका लागि हो ? व्यक्तिका लागि हो भने एउटा समितिमा लामो समय व्यत्तित गर्दा हामीमा कत्तिको वौद्धिक व्यक्तित्व विकास भयो वा हामीले कतिको रचनात्मक कार्य गर्यौ त्यसबाट समाजले कत्तिका उपलव्धि हासिल गर्यो यसतर्फ ध्यान दिन जरुरी छ । मेरो भुमिकाले मेरो व्यक्तिगत विकासका साथै समाज र राष्टलाई के फाइदा भयो बुझ्न जरुरी छ ।

यदी साच्चिकै देश र समाजको लागि केही गर्नु छ, भने पहिला आफैबाट शूरुवात गर्नु पर्दछ । आफुमा भएका कमीकमजोरीलाई सच्याउदै लैजाउनुपर्दछ । राजनीतिक एक समाज सेवा हो र हामीले यसैमा सकारात्मक सोचका साथ सामाजिक हितका लागि कार्य गर्नु पर्दछ । राजनीतिक भनेको एउटा गुण्डागर्दी गर्ने र विभिन्न ठाउँमा चन्दा संकलन गर्ने थलोको रुपमा विकसित भइ रहेका अवस्था रहेको छ । यसबाट समाज राज विचलित भइ रहेको अवस्था छ । समाजमा दण्डहिनताको अन्त्य गर्नका लागि यूवाशक्तिलाई सकारात्मक सोचबाट अगाडी लैजाउनु, जानुपर्दछ । अन्तरआत्मा देखि राजनीतिक भाव पैद भएको हुनुपर्दछ । कसैको वहकाउ र संरक्षणमा राजनीतिक गर्नु भनेको आफ्नो भविष्य मात्र होईन समाज र राष्टको लागि हितकर नहोला । लेखक नेपाली विधार्थी संघ, शंकरदेव क्याम्पसका ईकाइ सभापति हुन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस