उपनिर्वाचन : सबै स्थानको नतिजा आयो, कहाँ कसले जित्यो ? (सूचीसहित)

काठमाडौं । शनिबार ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचन अन्तर्गत सबै स्थानको नतिजा आएको छ । प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि उपनिर्वाचन भएको थियो ।

जसअन्तर्गत नेकपाले ३० स्थान विजय हासिल गर्दा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानमा जीत हात पारेको छ । समाजवादी पार्टी नेपालले ४ तथा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् । यस्तै एक स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निवार्चित भएका छन् ।

प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २ (गठबन्धनसहित), ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २४ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र ११ वडाध्यक्ष गरी १३ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन् । एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हेरौं, कहाँ कसले जित्यो  ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस