मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाउन सड्डल भएका छन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् ।

श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराउन सफल भएका हुन् । फाइनलमा मण्डेले २५.७२ अंक ल्याए भने पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४.५२ अंक ल्याए । याे भन्दा पहिले भएकाे १२औँ सागमा नेपालले याे प्रतियोगितामा भाग लिएको थिएन ।

यसअघि व्यक्तिगत महिला कराते काता प्रदर्शनमा चञ्चला दनुवारले रजत जित्दै १३औँ सागमा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस