ब्याइफ्रेण्डको अ‍ंगालोमा आँचल

काठमाडाैँ । नायिका तथा मोडल आँचल शर्माले अभिनय गरेका फिल्म भलै सफल भएका छैनन्, तर उनी पछिल्लो समय चर्चामा आइरहने अभिनेत्री हुन् । यी क्युट नायिकालाई म्युजिक भिडियो भने खुबै फापेको छ ।

नायिकाहरुले आफ्नो करिअर डुब्ने डरले आफ्नो प्रेमबारे खुलेर बोल्न चाहँदैनन् । आँचलको नाम पहिलेदेखि पल शाहसँग जोडिँदै आए पनि उनी भने पललाई यो क्षेत्रको मिल्ने साथी भएको बताउने गरेकी थिइन् । पछि उनको प्रेम उदिप श्रेष्ठसँग रहेको खबर बाहिरिन थाल्यो । पेशाले डाक्टर उदिपले नै आँचलसँगको सम्बन्ध सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका थिए ।

पहिले त आँचलले उदिपसँगको सम्बन्ध ‘साथीभन्दा माथि’ को भएको बताउँदै आएकी थिइन् । तर, पछि समय भने आँचल आफ्नो प्रेमप्रति बढी नै खुल्न थालेकी छिन् । सामाजिक सञ्जाल हेर्ने हो भने उनले उदिपसँगका तस्वीर निरन्तरजसो अपलोड गर्न थालेकी छिन् । हालै उनले इन्स्टाग्राममा उदिपसँको एक तस्वीर अपलोड गर्दै लेखेकी छिन् – मेरो ह्याप्पी प्लेस ।

आँचलले अन्य तस्वीर पनि अपलोड गरिरहेकी हुन्छिन् । उनको तस्वीरमा फ्यानहरुले अनेक कमेन्ट गरेका छन् । कतिले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन् – नाइस जोडी ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस