बुर्कुना फासोमा एक व्यक्तिले गोली चलाउँदा १४ जनाको मृत्यु

काठमाडौं । पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेको छ । बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउकौउरामा रहेको चर्चमा प्रवेश गरेका ती व्यक्तिले प्रार्थना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका हुन् ।

घटना दर्जनौं घाइते भएका छन् । गोली प्रहार लगत्तै ती व्यक्ति स्कुटर चढेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अक्टोबरमा पनि एक मस्जिदमा भएको आक्रमणमा १५ जना मारिएका थिए । गोली प्रहार गर्ने व्यक्तिको  खोजी भइरहेको छ । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस