राष्ट्रिय गौरवका आयोजना : समयमै निर्माण नहुँदा अलपत्र, प्रगति ५० प्रतिशतभन्दा कम  

काठमाडौँ । लामो समयदेखि निर्माण थालिएका २१ वटा गौरवका आयोजनामध्ये ११ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । नेपाली सेनाले ठेक्का लिएको ७२ किमि लामो काठमाडौं–तराईमधेस द्रुत मार्गको प्रगति ७ प्रतिशत मात्रै छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कामको गति बढाइरहेको बताए । अहिले कल्भर्ट, पुल, सडक निर्माणलगायतको काम भइरहेको उनको भनाइ छ । ०७४ जेठ १४ मा शिलान्यास भएको यो सडकको साढे चार वर्षभित्रमा निर्माण सक्नुपर्नेछ । त्यस्तै ०४४ सालमा सुरु बबई सिँचाइ आयोजनाको प्रगति सन्तोषजनक छैन । ०४२ सालमा सुरु आयोजनाको हालसम्म प्रगति ८२ प्रतिशत पुगेको छ ।

सरकारले सार्वजनिक गरेको गरेको चौमासिक रिपोर्टमा गौरवका आयोजनाको प्रगतिलाई तीन खण्डमा विभाजन गरेर मूल्यांकन गरेको छ । पहिलो खण्डमा सन्तोषजनक दोस्रोमा सामान्य र तेस्रो समस्यामूलकका रूपमा विभाजन गरिएको छ । मोडालिटी निर्धारण हुन बाँकी र समस्यामूलक आयोजनामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, रेलमार्ग निर्माण, मेलम्ची खानेपानी आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना रहेका छन् । आयोजना समयमै निर्माण नहुँदा अलपत्र बनेका छन् ।

केही आयोजनाको अहिलेसम्म कुनै प्रगति देखिएको छैन । यस्तै समस्या सिक्टा सिँचाइ आयोजनामा छ । ०६२-०६३ मा सुरु सिक्टाको अहिलेसम्म प्रगति ६० प्रतिशत छ । सरकारले सार्वजनिक गरेको चौमासिक रिपोर्टमा सामान्य रूपमा काम भइरहेको आयोजनामा सिक्टा सिँचाइ, रानीजमरा कुलरिया सिँचाइ, उत्तर–दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर–दक्षिण (कोसी कोरिडोर) सडक, उत्तर–दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, काठमाडौं–तराईमधेस द्रुतमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोष छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस