उपनिर्वाचन मत परिणाम : नेकपा २२, कांग्रेस ११, राजपा र समाजवादी तीन तीन स्थानमा विजयी

काठमाडौं । ५२ स्थानका लागि हिजो सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा हिजो भएको उपनिर्वाचन मतपरिणाम आउने क्रम जारी छ ।

स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । जारी मत गणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ ।

स्थानीय तहका धेरै वडामा नेकपाले जितेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पनि नेकपा अगाडि छ । पछिल्लो मत परिणाम अनुसार २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

५२ पदमा ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

अहिले निर्वाचन भएका सबै स्थानमा मत गणना जारी रहेको छ। यस्तै प्रतिनिधिसभा अन्र्तगत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस