सुनको भाउ बढ्यो, कति छ मूल्य ?

काठमाडाैँ । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी नेपाली बजारमा आइतवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस