उपनिर्वाचन : प्रदेशसभामा कांग्रेसले खाता खाेल्यो, भक्तपुरमा भँडेल विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नं. १(क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन्। उनले १३४४८ मत पाए भने नेकपाका उम्मेदवार  डि पि ढकालले ११२०६ मत ल्याए।

भँडेलले ढकाललाई २ हजार २ सय ४२ मतान्तरले पछाडि पारे।  यो क्षेत्रमा यसअघि तत्कालिन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ जित हासिल गरेका थिए।

सो निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजूले ७ हजार १९, नेकपा माओवादी केन्द्रका डि पि ढकालले ७ सय ८४, विवेकशिल साझा पार्टीका कालीचरण कार्कीले ७ सय ८३, राप्रपाका मुकुन्द कार्कीले ४८५ मत प्राप्त गरेका थिए।

प्रदेश सांसद लामिछानेको गतवर्ष बैशाखमा मस्तिष्घातका कारण निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालशिक्षा माध्यमिक विद्यालय प्युठानको पूर्वविद्यार्थी समाजको अध्यक्षमा भट्टराई सर्वसम्मत

काठमाडौं । बालशिक्षा माध्यमिक विद्यालय मच्छी प्युठान पूर्वविद्यार्थी समाजको अध्यक्ष जीवराज भट्टराई सर्वसम्मत चयन भएका …

प्रतिकृया दिनुहॊस