लगातार चर्चामा आयुष्मान

एजेन्सी । एक पछि अर्को गर्दै लगातार सात वटा हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुराना अब बलिउडमा मात्र सिमित छैनन् । उनी त ब्रान्ड एम्बेसेडरका रुपमा धेरै ब्रान्डहरुलाई साथ दिइरहेका छन् ।

यो वर्षको सुरुवातमा उनीसँग पाँच वटा ब्रान्डले मात्र काम गरेका थिए । तर, अहिले उनीसँग २० वटा विभिन्न ब्रान्डले काम गरिरहेका छन् । अनि योसँगै उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । पहिले १ करोडसम्म लिने आयुष्मानले अहिले साढे दुई करोेड भारतीय रुपैयाँ ब्रान्ड एम्बेसेडर भएवापत लिन थालेका छन् । यो बढोत्तरी २५० प्रतिशत भएको र यसलाई ट्रेड पन्डितहरुले आयुष्मानको नाम सफलता तथा विश्वसनीयताको पर्याय भएको बताएका छन् ।

ब्रान्डमा मात्र होइन, आयुष्मानले पछिल्लो समय सामाजिक सन्जालमा पनि निकै धेरै फलोअर्स कमाएका छन् । उनको इन्स्टाग्राममा मात्र ८० लाखभन्दा धेरै फलोअर्स भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस