इराकी प्रधानमन्त्रीले पदबाट राजीनामा दिने

काठमाडौं । इराकी प्रधानमन्त्री आदेल अब्दुल महदीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सरकार विरोधी प्रर्दशन बढ्दै गएपछि प्रधानमन्त्री महदीले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

गत अक्टोबरमा सुरु भएका सरकारविरोधी प्रदर्शनका क्रममा एकै दिन ५० जना भन्दा बढीको मृत्यु भएलगत्तै प्रधानमन्त्री अब्दुलले राजीनामा दिने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राजधानी बगदादको तहरी स्क्वायरमा अक्टोबर १ बाट देशब्यापी रुपमा सुरु भएको  प्रदर्शनका क्रममा सरकारी निकायमा भएको भ्रष्टाचार र राजेगारी सिर्जनालगायतका मुद्दा लिएर सर्वसाधारण आन्दोलित भएका हुन् ।

प्रधानमन्त्री अब्दुलले संसदमा राजीनामा बुझाउने घोषणा गरेका छन् । उनले आम नागरिकको हित र रक्तपातपूर्ण अवस्थाको अन्त्यका लागि आफूले राजीनामा दिन लागेको बताएका छन् । इराकका प्रमुख धार्मिक नेताले सरकारले प्रदर्शनकारीविरुद्ध अत्याधिक बल प्रयोग गरेको भन्दै निन्दा गरेका छन् ।

उनले प्रधानमन्त्री अब्दुलको राजीनामासँगै सहमतिमै नयाँ सरकार गठन गर्न पनि माग गरेका छन् । तर प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीको राजीनामा मात्र पर्याप्त नभएको भन्दै आफूहरुका माग पूरा नभएसम्म बिरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।- एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस