इलाममा ब्लड बैक सुरु

इलाम । २२ वर्षदेखि आकष्मिक रक्तसञ्चार सेवा सञ्चालन हुँदै आएको रेडक्रसले इलाममा ब्लड बैक सञ्चालन गरेको छ । इलाममा कुनै पनि बिरामीलाई रगतको आवश्यकता पर्दा तत्काल ग्रुप मिल्ने व्यक्तिको खोजी गर्नु पर्ने झन्झट हटेको छ ।

मंसिर २ गतेबाट इलाम अस्पतालकै एउटा कक्षामा सुरु भएको व्लड बैंकमा तत्काल चार वटा ग्रुपको आठ पिन्ट रगत सञ्चालन हुने आकस्मिक रक्तसञ्चार सेवाका संयोजक रतन चौधरीले जानकारी दिए । जर्मनबाट प्राप्त उपकरणलाई इलाम अस्पतालमा जडान गरेर सेवा थालिए पनि केही समयमा आफ्नै भवनमा व्लड बैंक स्थापना गर्ने रेडक्रसले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस