फ्राइडे रिलिज : ‘सरौतो’ सहित तीन सिनेमा हलमा

काठमाडौं । यो शुक्रबार तीन नेपाली चलचित्र आपसमा जुधेका छन् । जसमा ‘‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ छन् । यी तीनवटै चलचित्रले बलिउड फिल्म ‘कमान्डो ३’ तथा हलिउड एनिमेटेड थ्रिडी फिल्म ‘द एडम्स फेमिली’ सँग प्रतिस्पर्धा गर्नुपर्ने भएको  छ ।

‘सरौतो’ चर्चित छायाँकार हरि हुमागाईंको डेब्यु निर्देशनमा तयार चलचित्र हो। चलचित्रमा कलाकार सुमी मोक्तान शीर्ष भूमिकामा छिन्। सुमीको पनि यो डेब्यु चलचित्र हो। चलचित्रमा सन्‍नी  सिंह, आमिर गौतम, लियो ट्याङ्‍क, विजय लामा, युवराज लामा, अरुणा कार्कीलगायतलाई  मुख्य भूमिकामा देख्‍न सकिन्छ।

यस्तै, ‘लभ यू हमेशा’ भाष्कर प्रधानको लेखन तथा निर्देशनमा बनेको चलचित्र हो । चलचित्रमा यशराज गराच, फिजा योञ्जन, ऋचा थापा, शिशिर राणा, गोपाल ढकाल छन्दे, करुणा श्रेष्ठलगायतको अभिनय छ।

शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘मखमली मखमली’। राजु गिरीको निर्देशन रहेको चलचित्रमा सावित्रा चिलुवालले निर्माण तथा रामेश्वर हुमागाईंको छायांकन छ। चलचित्रमा जयकिशन बस्‍नेत, शुभेच्छा थापा, शारदा गिरी, सविन वास्तोला, परि तामाङ, सरोज दाहाललगायतको अभिनय छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस