‘ओभरटेक’ गरेको निहुँमा एक युवकको कुटपिट गरी हत्या

कञ्चनपुर । मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा कञ्चनपुरमा एक युवकको कुटपिट गरी हत्या भएको छ । महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या भएको हो ।

महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।

पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ । पन्तमाथि कुटपिट गर्ने चार जनासहित एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस