जाडोमा हुन्छ कोलेस्ट्रोल बढ्ने खतरा, कसरी रहने सुरक्षित ?

काठमाडाैँ । जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।

भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ । नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । मौसम अनुसार खानपिन अलग अलग हुनेकारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ ।

मोटोपनबाट समस्याग्रस्त र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना  बढी हुन्छ । चिसोमा अल्कोहल पिउनु राम्रो मानिँदैन् । जाडोमा लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ ।

त्यस्तै तपाईँले तपाईँले  दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्ट्रोलको  खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ । कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउन लसुनले मद्दत गर्छ । ग्रीन टी पिउँदा पनि शरीरमा रहेको विषाक्त तत्वलाई हटाएर लिभर सफा गर्ने काम गर्छ ।

यॊ पनि हेर्नुहॊस

जाडोबाट बच्‍न कस्तो खाना उपयुक्त्त हुन्छ?

काठमाडाैँ । मङ्सिर महिना सकिनै लाग्दा जाडो दिन प्रतिदिन छिप्पिँदै गएको छ। चिसो बढ्दै जाँदा …

प्रतिकृया दिनुहॊस