हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी काँग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ । हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए । तर चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई आफुहरुको  आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् ।

राष्ट्रपति ट्रम्पले भने चीन र हङ्कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको बताए । उक्त विधेयक गत जुन महिनामा हङ्कङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी काँग्रेसमा प्रस्तुत गरिएको र गत महिना काँग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो ।

विधेयकमा हङ्कङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ भन्ने उल्लेख छ । त्यसैगरी  वार्षिक समीक्षाले हङ्कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आँकलन गर्नेछ भन्ने लेखिएको छ ।

यॊ पनि हेर्नुहॊस

सुडानका पूर्व राष्ट्रपति बसिरलाई जेल सजाय

काठमाडौं । सुडानको एक अदालतले सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने …

प्रतिकृया दिनुहॊस