गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

काठमाडौं ।  वन्यजन्तुका चिकित्सक डा। विजयकुमार श्रेष्ठ यतिबेला चितवन निकुञ्जको देवनगर पोस्टमा हात्तीको नङ कटाउँदै छन् । हात्तीको स्वास्थ्य परीक्षण पनि हुँदैछ। उनलाई खोरसोरका कर्मचारी बुधन चौधरी लगायतले सघाइेका छन्र।  “हात्तीमा क्षयरोग लागे–नलागेको परीक्षण गर्दै जुकाको औषधि दिँदैछौँ,” श्रेष्ठले भने, “बलिया र कमजोर हात्ती छनोट पनि गर्दैैछौँ ।” यसैगरी निकुञ्जका विभिन्न पोस्टमा रहेका हात्तीको उहाँले स्वास्थ्य परीक्षण गरिरहेका छन्।

हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका हात्तीको दक्षता वृद्धिसँगै स्वास्थ्य र आहारामा विशेष ध्यान दिइँदैछ। यो सबै कुनै विशेष उत्सवका लागि भने हैन, आउँदो चैत महिनामा हुने गैँडा गणनाका लागि हात्ती तयार पारिन थालिएका हुन्। एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटामा पनि यसैगरी तयारी हुँदैछ । हरेक चार वर्षमा हुने गैँडा गणनाअनुसार यस वर्ष गणना हुन लागेको हो ।

यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो। क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन्। जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस