ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ युट्यूवमा सार्वजनिक

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ दि लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई युट्यूवमा अपलोड गरेको हप्ता दिन नवित्दै १ लाख ७२ हजार बढी दर्शकले हेरेका छन् । पृथ्वीनारायण शाहले कीर्तिपुरमा युद्ध छेडेको विषयमा तयार गरिएको चलचित्र हेर्ने दर्शक दिनानुदिन बढ्दै गएको निर्माण टोलीले जनाएको छ ।

असारको दोस्रो साता देशभरका सिनेमा हलमा प्रदर्शन थालेको कीर्तिपुरलाई युट्यूबमा अपलोड गरेको एक महिनाभित्र १० लाख दर्शकले हेरिसक्ने निर्देशक प्रदीप खड्गीले दाबी गरे ।

पछिल्लो पुस्ताको आकर्षण डिजिटल प्रविधिमा केन्द्रीत भएकोले केहि समय पश्चात ३० लाख दर्शकले कीर्तिपुर हेरिसक्ने खड्गीको दावी छ । छ वर्ष अघि सुटिङ सकाएको कीर्तिपुरलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो ।

https://www.youtube.com/watch?v=-iaHf5FkfOw&feature=emb_title

 

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस