ट्रम्पलाई महाअभियोगको सुनुवाइमा सहभागी हुन पत्राचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बरमा महाअभियोग सुनुवाइमा सहभागी हुन संसदको तल्लो सदनले बोलाएको छ । संसदको न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले राष्ट्रपति ट्रम्पलाई सुनुवाइमा सहभागी हुन बोलाइएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा उपस्थित भएर आफ्ना कुरा राख्न सक्ने उनले बताए । ट्रम्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्व जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ । जो विडेनका छोराले युक्रेनमा सञ्चालन गरेको ग्यास प्लान्टमा अनियमितता भएको भन्दै छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति बोल्डोमायर जेलेनस्कीलाई दवाव दिएको बताइएको छ ।

ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएकोसमेत आरोप लगाइएको छ । विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस