केरुङ–काठमाडौँ रेलमार्ग : विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने

काठमाडौँ। नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि भएको समझदारीपत्र (एमओयू)लाई मूर्त रूप दिन सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार बसेको नेपाल र चीनका पदाधिकारीहरूको संयुक्त बैठकले यो सहमति गरेको हो । सो रेलमार्ग निर्माणका लागि छिट्टै विस्तृत सम्भाव्यता अध्ययन सुरु गर्ने सहमति भएको मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । सो बैठकका लागि उच्चस्तरीय चिनियाँ टोली सोमबार काठमाडौँ आइपुगेको हो ।

उनले भने, “आजको बैठकमा प्रस्तावित सो रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन कसरी अगाडि बढाउने र त्यस क्रममा नेपाली र चिनियाँ पक्षको दायित्व र जिम्मेवारी के के हुन्, ती विषय निक्र्योल गरी सहमति ग¥यौँ । हामीले यस कार्यका लागि ‘माइन्युट’ गरिसक्यौँ, अब हाम्रो काम सुरु हुन्छ । ”दुवै पक्षले हस्ताक्षर गरेको सो सहमतिमा विस्तृत सम्भाव्यता अध्ययनका क्रममा चिनियाँ पक्षले गर्नुपर्ने काम उल्लेख गर्नुका साथै नेपाली पक्षले गर्नुपर्ने सुरक्षाको व्यवस्था, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)का बारेमा उल्लेख गरिएको जानकारीसमेत सचिव कार्कीले दिए । केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन यसअघि नै सम्पन्न भइसेकेको छ ।

चीन सरकारकै सहयोगमा निर्माण गर्ने भनिएको प्रस्तावित काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको छ । चीन सरकारले नै सो रेलमार्गको सम्भाव्यता अध्ययन गरेको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) कार्य सम्पन्न भएको बताउँदै मङ्गलबारको बैठकमा चिनियाँ पक्षले सो अध्ययन प्रतिवेदन नेपाललाई बुझाएको जानकारी दिए । अध्ययन प्रतिवेदनले सो रेलमार्ग निर्माण सम्भव रहेको देखाएको बताउँदै उनले प्रतिवेदन अध्ययन गरी सोसम्बन्धी प्रतिवेदन तयार गरेर नेपालले चीनलाई बुझाउने जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस