बीमा संस्थानद्वारा ५० जना अभिकर्तालाई आधारभुत तालिम प्रदान

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानले ५० जना अभिकर्तालाई तालिम दिएको छ । संस्थानले मंसिर ७ गतेदेखि ९ गतेसम्म अभिकर्ताहरुलाई तालिम दिएको हो । बजारमा संस्थानको उपस्थिती मजदुत पार्नका लागि अभिकर्ताहरुलाई तालिम दिएको बताएको छ ।

तालिममा बीमा महत्व, बीमा सम्बन्‍धी ऐन, नियमावली तथा विनियमहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारीकरण तथा बिक्रयकलाछको बारेमा जानकारी गराइएको संस्थानका नायव(महाप्रबन्धक महेश रिमालले बताए । विगत लामो समयदेखि निरन्तर आफ्ना अभिकर्ताहरु मार्फत बीमासेवा प्रदान गर्दै आएको संस्थानले आक्रामक रुपमा अभिकर्ता संख्यमा बृद्धि गर्ने योजनामा छ ।

यससँगै देशभर अभिकर्ताहरुको संख्यामा बृद्धि गर्ने कार्यमा अघि बडेको संस्थानले पश्‍चिमको सुर्खेत, धनगढि र नेपालगंजमा बीमा बजार विस्तार गर्नको लागि यो तालिम संचालन गरिरहेको छ।

हाल संस्थानले सावधिक जीवन बीमा, बालबच्चाको शिक्षा तथा विवाह जीवन बीमालेख, बालउमङ्ग जीवन बीमा, जीवन साथी जीवन बीमा , जीवन सुरक्षा जीवन बीमा जस्ता बिभिन्‍न बीमालेखहरु बीक्रि गरिरहेको छ।  जन्मेदेखि टछ बर्षसम्म जुनसुकै उमेर समुहको जीवन बीमा संस्थानमा गर्न सकिने कुरा संस्थानले दावि गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस