कृषि विकास बैंकको सात वर्षे अवधिको ऋणपत्र जारी हुने, ब्याजदर १०.३५ प्रतिशत

काठमाडौँ । कृषि विकास बैंकले २५ लाख इकाइ ऋणपत्र निश्कासन गर्ने भएको छ । सो ऋणपत्रको लागि रेटिङ भएको  छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

 बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.३५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस