निष्क्रिय हुनुहुन्छ? लाग्लान् है यस्ता रोग

काठमाडाैँ । विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयाघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

दाहिने कोखमा असाध्यै दुखेपछि यमनारायण शर्मा जँचाउन गए। अल्ट्रासाउन्ड गर्दा कलेजोमा बोसो जमेको देखियो। चिकित्सकले सोधे, ‘मदिरा सेवन गर्नुहुन्छ? अब खानपान र व्यायाममा ध्यान दिनुस्।’ ४६ वर्षीय शर्मा अचेल मर्निङवाक जान थालेका छन्। उनले भने, ‘कलेजोमा बोसो (फ्याटी लिभर) को समस्या देखियो। व्यायाम नगरी सुखै पाइएन।’

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.अखिलेशकुमार कश्यपका अनुसार बसाइँ सरेर आउने र जागिरे जीवन बिताइरहेका सहरियाको कलेजो बिग्रन थालेको छ। घरबाहिर खानपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिमा कलेजोको समस्या देखिएको डा.कश्यप बताउँछन्।

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा.मदनकुमार पियाका अनुसार कलिलै उमेरमा क्यान्सर लागेका बिरामी अस्पताल धाउन थालेका छन्।

सडकको धुलो, सवारीसाधन, इँटाभट्टाबाट निस्केको धुवाँलगायतले सहरमा प्रदूषण बढेको छ। सानै उमेरमा धूमपान एवं मदिराको कुलतमा लाग्दा अधबैंसे अवस्थामै फोक्सोमा क्यान्सर लागेका बिरामीको संख्या बढेको डा.पिया बताउँछन्।

नेपालमा बर्सेनि तीन हजारको मिर्गौला फेल हुने गरेको छ। खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या आउने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्ले बताउँछन्।

मिर्गौला रोगको लक्षण देखिँदैन। त्यसले यस्ता रोगीको संख्या बढिरहेका छन्। ३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरैजनाले बेवास्ता गरिरहेको डा.काफ्लेको भनाइ छ। पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्ने बानीले रोग बढाउँछ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो सर्वेक्षणले खानपानकै कारण नेपालीहरू कलिलै उमेरमा रोगी हुन थालेको देखाएको छ।

नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण, २०१९ अनुसार नेपालीले दैनिक गर्ने भोजन पर्याप्त पोषणयुक्त छैन। त्यस्तै शारीरिक क्रियाकलापमा पनि कमी देखिएको छ।

परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालका अनुसार चुरोटभन्दा खैनी र गुट्खा खानेको संख्या बढेको छ। सर्वेक्षणअनुसार खराब आहारविहारकै कारण स्वास्थ्य जोखिम बढेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस