चेल्सीमाथि सिटीको पुनरागमन जित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । खेलको २१ औं मिनेटमा एन’गोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । जितसँगै सिटीले १३ खेलबाट २८ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस