माथिल्लो कर्णाली जलविद्युत् आयोजना : निर्माण सन् २०२१ देखि सुरु हुने

काठमाडौँ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सन् २०२१ देखि सुरु हुने छ । प्रवर्द्धक कम्पनी जीएमआरका अनुसार आगामी आर्थिक वर्षभित्र साइट क्लियरको काम सकेर सन् २०२१ देखि निर्माण सुरु हुने भएको हो ।

जीएमआरका प्रमुख सञ्चालन अधिकृत (सीओएफ) हरविन्दर मोनोचाले सन् २०२० भित्र मुआब्जा र साइट क्लियरलगायत काम सकेर सन् २०२१ देखि आयोजना निर्माण थालिने बताए । काठमाडौंमा आयोजित ऊर्जा सम्मेलन २०१९ मा बोल्दै उनले भने, ‘निर्माण सुरु गरेको ५ वर्षमा आयोजनाको काम सकिन्छ ।’ मोनोचाले बंगलादेश सरकारले माथिल्लो कर्णालीबाट ५ सय मेगावाट विद्युत् खरिदको सहमति गरिसकेको बताए ।

‘बंगलादेशको मन्त्रिपरिषद्ले जीएमआरले उत्पादन गरेको बिजुली खरिद गर्ने दर निर्धारण गर्ने सहमति दिइसकेको उनले बताए । अब बंगलादेशको पर्चेज कमिटीले निर्णय गरेसँगै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने बाटो खुल्ने छ ।

जीएमआरले इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गर्ने गरी माथिल्लो कर्णालीका लागि सन् २००८ मा सरकारसँग समझदारी गरेको थियो । आयोजनाको लागत १ खर्ब ५० करोड अमेरिकी डलर अनुमान गरिएको यो आयोजना निर्माण गर्न सन् २०१४ मा जीएमआरसँग आयोजना विकास सम्झौता (पीडीए) भएको हो । आयोजनाबाट उत्पादित बिजुली ४ सय केभीको ९९ किलोमिटर डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरी भारत तथा बंगलादेश निर्यात गर्ने योजना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस