श्री लालीगुँरास सहकारीको २० औँ साधारणसभा सम्पन्न

काठमाडौं । ललितपुर महानगरपालिका– ३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा पुर्वप्रधानमन्त्री एवं समाजवादी पाटीका अध्यक्ष डा. बावुराम भट्टराईले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले सहकारी क्षेत्रमा श्री लालीगुराँस सहकारीले गरेको योगदानको कदर गरे। यस्तै पूर्वमन्त्री एवं नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेपाली कँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृण खाँड, पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी संस्थाले नेपालको आर्थिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।

यता संस्थाका सल्लाहकार एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाह, संविधान सभा सदस्य , राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवं अन्तराष्ट्रिय सहकारी महासंघका संचालक ओमदेवी मल्लले संस्थाले सहकारी क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष अमरदास श्रेष्ठले आव ०७५–०७६ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए ।

संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा मेत अग्रणी स्थान लिन सफल रहेको उनको थियो ।

संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर संचालित करिब ३५हजार सहकारी मध्य श्रीलालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था लि. उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल रहेको बताए ।

उनले सहकारी संघ संस्थाहरुबाट प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी प्राप्त गरेका जानकारी गराए । देशका कुल ग्रहस्थ उत्पादनमा करिब ५ प्रतिशत योगदान गरेको सहकारीले स्थानीय तहमा युवा,महिला वृद्धवृदाको उल्लेख्य सहभागिता बढेको बताउदै सहकारीकै क्षेत्रको विकासको कारण देशको आर्थिक अवस्थामा सुधार आएको जानकारी दिए ।

सहकारीमा करिब साढे ६ खर्ब भन्दा बढी बचत र ७ अर्ब रुपिया भन्दा बढी ऋण परिचालन भएको छ । उनले देशभरका सहकारीमा करिब ६५ लाख भन्दा शेयर सदस्यहरुको आवद्धता रहेको जानकारी दिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस