उर्जा सम्मेलन : तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ऊर्जा सम्मेलनकै क्रममा तीन समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन बिहीबार दुई र दोस्रो दिन शुक्रबार एफएमओ र नेपाल बैंकर्स संघबीच समझदारी पत्र (एमओयु) भएको हो ।

ऊर्जा सम्मेलनको पहिलो दिन र दोस्रो दिन गरी कुल तीनबटा समझदारी पत्रमा हस्ताक्षर भएका हुन । भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को साझेदारी पत्रमा हस्ताक्षर भएको थियो । यसैगरी, नै इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)बीच समझदारी भएको थियो ।

जलविद्युतमा लगानी गर्नका लागि दुवै सरकारी स्वामित्वका एचआईडीसीएल र एनएचपीसीबीच एमओयमा हस्ताक्षर भएको छ । एचएचपीसी भारतको केन्द्रीय सरकारको स्वामित्वको कम्पनी हो । उसले भारत र भुटानमा जलविद्युतमा लगानी गरिसकेको छ । एनएचपीसीले हिमाञ्चल प्रदेशमा १८० मेगावाटको बैरासिलु पावर स्टेशन, ५४० मेगावाटको चमेरा, ३०० मेगावाटको चमेरा दोस्रो र २३१ मेगावाटको चमेरा तेस्रो जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस