क्वाड क्यामेरा भएको रियलमी ५ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडाैं । रियलमी नेपालले आफ्नो नयाँ उत्पादन रियलमी ५ नेपाली बजारमा ल्याएको छ । मिड रेञ्ज अन्तर्गतको यस स्मार्टफोनमा ६.५ इन्चको डिस्प्ले जडान गरिएको छ । स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ, जसले फोन ह्याङ हुनबाट बचाउँछ र प्रयोगकर्तालाई सहज अनुभव दिन्छ ।

कम्पनीका अनुसार रियलमी ५ दुई भेरियन्टका साथ बजारमा आएका छन् । दुबैमा ३ जिबी र्याम र ६४ जिबी रोम भएको स्मार्टफोनको मूल्य २० हजार ९ सय ९० रहेको छ । त्यसैगरी, ४जिबि र्याम र १२८ जिबी रोम भएको स्मार्टफोनको मूल्य २३ हजार ९ सय ९० रहेको छ । दूवै भेरियन्टको स्मार्टफोन ग्राहकले क्रिष्टल निलो र बैजनी रङमा किन्न पाउँने कम्पनी जानकारी दिएको छ ।

रियलमीले यस फोनमा ४ क्यामेराहरु दिएको छ। यी ४ क्यामेराहरुको प्रयोग गरी प्रयोगकर्ताहरुले ४ भिन्न प्रकारको फोटो खिच्न सक्नेछन् । पहिलो २ एमपी गहिराइ सेन्सर हो । जुन मुख्य क्यामेरालाई पोर्ट्रेटशटहरू क्याप्चर गर्न मद्दत गर्दछ । दोस्रो सेन्सर चाहिँ ८ एमपीको वाईडएन्गल सेन्सर हो, जसले प्रयोगकर्ताहरूलाई फराकिलो कोणका फोटोहरू क्याप्चर गर्न मद्दत गर्दछ ।

फोनमा जडान गरिएको २ एमपी म्याक्रो लेन्सले प्रयोगकर्तालाई म्याक्रोशटहरू क्याप्चर गर्न मद्दत गदर्छ । सामान्य १२ एमपीको फराकिलो क्यामेराले सामान्य शटहरू क्याप्चर गर्न गदर्छ । यसमा रहेको ५ हजार क्षमताको ब्याट्रीले सामान्य फोन प्रयोगकर्ताहरुलाई २ दिनसम्म टिकाउँछ । स्प्लास रेसिस्टेन्ट डिजाइनको सहयोगको फोनले यसको बाहिरी भागमा पानीको हल्का फोकाहरू प्रतिरोध गर्न सक्छ ।

रियलमी५ का अन्य मूख्य विशेषताहरु यस्ता छन्:

डिस्प्लेः ६.५इन्च
प्रोसेसरः स्न्यापड्रागन ६६५ (अक्टाकोर)
ब्याक क्यामेराः १२८२ र२ एमपी
फ्रन्ट क्यामेराः १३ एमपी
र्यामः ३ र ४ जीबी
स्टोरेजः ६४ र १२८ जीबी
ब्याट्रीः५ हजार क्षमता
अपरेटिंगप्रणालीः एन्ड्रोइड ९
कलरः निलो र बैजनी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस