एनआसी एशियाको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना

काठमाडौँ । विगत २२ वर्षदेखि ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकद्धारा  जारी गरीएको “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रेश विज्ञप्तिका सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरीएको छ ।

बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ ।

आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको हो ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।

रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन ।

यस बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्र्तगत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस