अर्थतन्त्रमा जोखिम बढ्दै

काठमाडाैँ । विश्व बैंकको एक प्रतिवेदनले नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुको अर्थतन्त्रमा जोखिम बढ्दै गएको देखाएको छ । दक्षिण एसियाको झण्डै दुई तिहाईभन्दा बढी अर्थतन्त्र ओगटेको भारतमा आएको आर्थिक मन्दी र यसको कारणका साथै अन्य देशहरुको आर्थिक विकासमा देखिएको उतारचढावको कारण यस्तो अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम बढाएको तथा भारतमा परेको आर्थिक मन्दीको असर प्रत्यक्ष रुपमा पर्ने नदेखिएपनि अप्रत्यक्ष रुपमा पर्ने देखिएको हो । निर्यात कम, कृषि उत्पादनमा गिरावट नआउनु तथा रेमिट्यान्समा असर नपरेको कारण प्रत्यक्ष रुपमा नेपालमा असर नपरेपनि भारतप्रतिको व्यापार परनिर्भराताले यसमा असर पार्न सक्ने प्रतिवेदनले औंल्याएको छ ।
मंगलबार विश्व बैंक ग्रुप र इन्सिच्युट फर इमिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको सन् २०१९ मा दक्षिण एसियाली आर्थिक फोकस प्रतिवेदनमा आप्रवासी प्राप्त देशहरुमा भौगलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण रेमिट्यान्समा प्रभाव पार्नसक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्नसक्ने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस