जर्मनीको जितमा गन्ब्रीको ह्याट्रिक

एजेन्सी । युरोकप छनोटमा जर्मनीले शानदार जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो । सुरुवाती अग्रता लिएपनि नर्दन आयरल्याण्डले जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो ।

समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्यो । जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ । तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो । उसको अब प्लेअफको सम्भावना बाँकी रह्यो ।

सर्ज गन्ब्रीले ह्याटिङ गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे । खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो ।

आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए ।प्लेअफमा टिमको नेतृत्व गर्ने सहमती सहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस