युनाइटेड इन्स्योरेन्सकाे ५ लाख कित्ता शेयर बिक्री खुला

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सोही प्रयोजनको लागि इन्स्योरेन्स कम्पनीले शिलबन्द बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ ।

इन्स्योरेन्स कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको थियो । त्यति बेला सो शेयर खरिद भएन । त्यसपछि इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीका लागि आवेदन खुला गरेको हो ।

इन्स्योरेन्स कम्पनीको संचालक समितिको निर्णय अनुसार संस्थापक समूह तर्फको सेयर खरिद गर्न चाहने व्यक्ति तथा संघ संस्थाहृले मंङ्सिर १७ गते ३ बजेसम्म शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । शिलबन्दी बोलपत्र मंसिर १० गते देखि ढिलोमा मंसिर १७ गतेसम्म पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस