यु य इ काे अल फरदान एक्स्चेञ्ज र जीएमई रेमिटबीच विप्रेषण कारोबार सम्झौता

काठमाडौं । यु य इ काे अल फरदान एक्स्चेञ्ज तथा जीएमइ रेमिट प्रा.लि बीच विप्रेषण कारोबारमा साझेदारी गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । साे सम्झौतापत्रमा जीएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र  अल फरदान एक्स्चेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमाले हस्ताक्षर गरेका छन् ।

सम्झौता यहि कात्तिक २७ गते भएको कम्पनीले वताएकाे छ । अल फरदान एक्स्चेञ्ज मार्फत यूएईबाट पठाएको रकम जीएमइ रेमिटको ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने जीएमई रेमिटले जानकारी दिएको छ ।

हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, बेलायत, मलेसिया, जापान लगायत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । सेवा सञ्चालनको छोटो समयमा नै जीएमई नेपालका रेमिट्यान्स कम्पनीहरु मध्ये  अग्र स्थानमा देखिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस