बेलायती सेनाले युद्धका क्रममा आम नागरिकको हत्या गरेको आरोप

काठमाडौं । बेलायती सेनाले युद्धका क्रममा अफगानिस्तान र इराकमा आम नागरिकको हत्या गरेको आरोप लगाइएको छ । बीबीसीले गरेको एक अनुसन्धानमा युद्ध अपराधसम्बन्धी नयाँ तथ्य फेला परेको उल्लेख छ ।

विभिन्न बेलायती जासुसहरुसँग गरिएको कुराकानीमा युद्धका बेला आम नागरिकको हत्या भएको पुष्टि भएको बताइएको छ । तर बेलायती रक्षा मन्त्रालयले भने उक्त अनुसन्धानको खण्डन गरेको छ । मन्त्रालयले युद्धका बेला कुनै गैरकानूनी काम नगरेकाले आफ्ना सैनिकहरुलाई कारवाही गर्न नपर्ने स्पष्ट पारेको छ ।

बीबीसीले भने अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा ती सैनिक अधिकारीहरुलाई युद्ध अपराधमा मुद्धा चलाउन सकिने प्रशस्त प्रमाण रहेको उल्लेख गरेको छ । सन् २००३ मा बेलायती सेनाले इराकको बसरामा गस्तीका क्रममा जथाभावी गोली चलाएको आरोप लगाइएको छ । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस