‘ए मेरो हजुर-४’मा पनि अनमोल र सुहानाकै जोडी

काठमाडौं । अनमोल केसी र सुहाना थापाको अनस्क्रिन जोडी दर्शकले पुनः एक पटक देख्न पाउने भएका छन् । लभस्टोरी सिरिज ‘ए मेरो हजुर-४’मा अभिनेता अनमोल केसी अनुबन्द भए पछि सुहाना र अनमोलको जोडीलाई दर्शकले देख्न पाउने भएका हुन् ।

शनिबार साँझ ‘ए मेरो हजुर-४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  ‘ए मेरो हजुर-३’ बाट यो सिरिजमा अनमोलले प्रवेश गरेका थिए भने सुहाना थापा पनि यही सिरिजबाट भित्रिएकी थिइन् । ‘ए मेरो हजुर-३’ सुहानाको सुहानाको डेब्यू चलचित्र थियो । यो सुहानाको होम प्रोडक्सन हो ।

झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् । अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर-३’ बक्सअफिसमा अब्बल देखिएको थियो । ‘ए मेरो हजुर-३’मा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका कारण दोस्रो पटक पनि सहकार्य गरिएको निर्देशक थापाले बताइन् ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर-४’ माघ २० देखि छायांकनमा जानेछ । नेपाल, ओमान र हल्याण्डमा छायांकन हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस