पूर्वमन्त्री आलमलाई राति लगियो ललितपुरस्थित नक्खु जेल

रौतहट । पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन्। शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो।

अदालतले आलमलाई सुरक्षाको दृष्टिकोणले उपयुक्त कारागारमा राख्न आदेश दिएकाले नक्खु कारागार चलान गरिएको हो। जिल्ला अदालत रौतहटका न्यायधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका  घाइतेलाई इँटाभट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा राख्न आदेश दिएका थिए। जाहेरवाला, पीडित र सरकारका साक्षीहरुको सुरक्षा प्रदान गर्नुको साथै आवश्यकताअनुसार संरक्षण गृहमा राख्न अदालतले आदेश दिएको छ।

आठ दिनको थुनछेक बहसपछि शुक्रबार अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई प्रतिकूल प्रभाब पार्न सक्ने भएकाले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस