२० उद्योगको विद्युत लाइन काटियो

हेटौँडा । लामो समयदेखि विद्युत महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत लाइन काटी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दासमेत महसुल नबुझाएपछि विद्युत लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।

ती उद्योगमा एक लाखदेखि दुई लाखसम्म बक्यौता रहेकाले लाइन काटिएको र ती उद्योगमा कूल २२ लाख राजश्व लिनुपर्ने प्रमुखले भने ।

हेटौँडामा करिब ६० हजार विद्युत मिटर लिने ग्राहक रहेको र उनीहरूले मासिक १७ करोड शुल्क केन्द्रलाई बुझाउने गरेको बताइएको छ । साथै बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कालोसूचिमा राखी महसुल असुल गरिएको छ ।

त्यस्तै, हेटौँडामा रहेको शिवम सिमेन्ट उद्योगमाथि विगत चार वर्षदेखि बक्यौता रहेको एक अर्ब २९ करोड विद्युत महसुल तिर्न बाँकी रहेकाले छिटोभन्दा छिटो बक्यौता महसुल बुझाउन पत्र पनि उद्योगमा पठाएको प्रमुख ठाकुरले पत्रकारहरूलाई भने । डेडिकेटेड विद्युतलाइन लिएबापत सो उद्योगलाई उक्त रकम तिर्नुपरेको कार्यालय प्रमुख ठाकुरको भनाई छ ।

विद्युत शुल्क बुझाउनका लागि काउन्टरको विस्तार तथा इ–बिलिङमार्फत समेत विद्युत महसुल बुझाउने व्यवस्था गरिएको छ । साथै, ग्रामीण विद्युतीकरणलगायत विद्युत विस्तारको कार्य र काठे पोल हटाउनेसमेत कार्य भइरहेको केन्द्रले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भूमिगत तार पड्किँदा चितवनमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा …

प्रतिकृया दिनुहॊस